शंकास्पद शव फेला

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८१ बैशाख २८, शुक्रबार (११ महिना अघि)
  • ३०९ पटक पढिएको
शंकास्पद शव फेला

काभ्रे । पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलाको बीचमा पर्ने जङ्गलमा रुखमा बाँधिएको र  मुखमा तारले समेत बाँधेर आगो लगाइएको अवस्थामा एकजना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शवको मुख र छातीमा तारले बाँधी रुखमा बाँधेर जलाएको जनाएको छ । उक्त शवको पहिचान हुन नसकेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिँदै सो शव कुनै पुरुषको रहेको र उमेर २५ बर्षभन्दा कम जस्तो देखिएको उल्लेख गरेका छन् भने शवको प्रकृति हेर्दा घटना १५–२० दिन अघिको हुन सक्ने समेत अनुमान गरिएको छ । घटनास्थलको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस