भुम्लुमा काँग्रेसको ऐतिहासिक प्रथम सम्मलेन सम्पन्न

  • अनलाइन काभ्रे
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २२, शनिबार (११ महिना अघि)
  • ३४४ पटक पढिएको
भुम्लुमा काँग्रेसको ऐतिहासिक प्रथम सम्मलेन सम्पन्न

काभ्रे – काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा नेपाली काँग्रेसको ऐतिहासिक प्रथम सम्मलेन सम्पन्न भएको छ । नेपाली काँग्रेसको भुम्लु गाउँपालिकाको कार्य समितिको आयोजनामा शनिबार भुम्लु गाउँपालिका वडा नं ५ स्थित सल्लेमा प्रथम सम्मलेन सम्पन्न भएको हो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस भुम्लु गाउँपालिकाका सभापति एवं भुम्लु गाउँपालिकाका उपाध्याक्ष जितेन्द्र मान तामाङको सभापतित्वमा कार्यक्रम सञ्चालेन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले पार्टीभित्रै भएको अन्तराघातका कारण पाजितको स्थिती श्रृजना भएको बताए । यस अघिको निर्वाचनमा गरिएको गठबन्धनमा भएको बिमेल पनि पाराजितको कारण भएको उनको भनाई थियो ।

कार्यक्रम सम्बोधनलाई पार्टीका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले भुम्लु गाउँपालिकाको विकासका लागि आफूले पहल गरिरहेको बताए । आफू पदमा रहेपनि नरहेपनि जनताको दुःखसुखमा सधै साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसको पहलमा काभ्रेमा धेरै विकास निर्माणका कामहरु भएको नेपाली काँग्रेसको जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले बताए । आफू प्रदेशको खानेपानी, उर्जा तथा सिचाईं मन्त्रीको जिम्मेवारी पदमा रहदाँ जिल्लामा विकासका लागि करोडौं बजेट सुनिश्चित गरी कार्यान्वयन भएको उनले जानकारी गराए । जिल्लाका १३ वटा स्थानीय तहमध्ये भुम्लु गाउँपालिकाले विकास गति अघि बढाएको र थप विकासका काममा सघाउन आफू प्रतिबद्ध रहेको उनले भनाई राखे ।

कार्यक्रमका सभापति एवं भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङले पार्टीभित्र एकता कायम गर्दै विकासका गतिविधिहरु अघि बढाइने बताए । विकासमा अब युवाले नेतृत्व गर्नुपर्ने र पार्टीभित्रका युवाहरुको सक्रिय सहभागीता रहनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेस काभ्रेको जिल्ला समितिका पदाधिकारी, भातृ संगठनका पदाधिकारी, जिल्ला स्थित विभिन्न पालिकाका जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस