बनेपाका सहकारीलाई संस्थागत सुशासन तथा स्व–मूल्यांकन गराउनका लागि तालिम

  • अनलाइन काभ्रे
  • / अर्थ/व्यवसाय /
  • २०८१ बैशाख १९, बुधबार (१२ महिना अघि)
  • ३५९ पटक पढिएको
बनेपाका सहकारीलाई संस्थागत सुशासन तथा स्व–मूल्यांकन गराउनका लागि तालिम

काभ्रे । काभ्रेको बनेपामा सहकारी संस्थाको संस्थागत सुशासन तथा स्व–मूल्यांकन सम्बन्धि तालिम प्रदान गरिएको छ । बनेपा नगरपालिका र जिल्ला बचत संघ काभ्रेको आयोजनामा सहकारी संस्थाको संस्थागत सुशासन तथा स्व–मूल्यांकन सम्बन्धि प्रदान गरिएको तालिम सम्पन्न भएको छ ।


नगरपालिकाले आगामी श्रावण महिनाबाट सहकारी संस्थाहरुलाई सहकारी सूचना सेवामा आवद्धता गराउने र स्व–मूल्यांकन गराउने विषयमा नगरपालिकाले आवश्यक तयारी गरिरहेको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए ।  आगामी आ.व.बाट सहकारी संस्थाहरु व्यवस्थित र विश्वसनीय ढंगले अघि बढ्ने वातावरण निर्माण गर्न नगरपालिकाले विभिन्न अभियान संचालन गर्ने उनले बताए ।


२०८० चैत २६ गतेदेखि संचालन भएको तालिम वैशाख १८ गते सम्पन्न भएको छ । तालिमम नगर क्षेत्रमा संचालित सहकारीका प्रतिनिधि , जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस