काभ्रे । आज मे १, अर्थात १३५ औं मजदुर दिवस । देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइएको छ । काभ्रेमा ट्रेड युनियन काँग्रेस काभ्रेको आयोजनामा प्रभातफेरी एवं प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा बुधबार बिहान ७ ः ३० बजे बनेपा बजार पक्रिमा गरी प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रभातफेरी पश्चात मजदुर दिवसरमा ट्रेड युनियनले प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो । कार्यक्रममा राजनितिकर्मी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।