भक्तपुर । शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड स्कूल भक्तपुरको “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण–२०८१” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक पाउन सफल भक्तपुरको अब्बल विद्यालयको पहिचान बनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८१” सम्पन्न गरेको हो ।
बागमति प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापामगरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा मदरल्याण्ड स्कुलले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गर्दै मन्त्री थापाले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै २० वर्षको यात्रामा स्कुलले गरेको अनवरत मिहिनेतले गर्दा उत्कृष्ट विद्यालयको रुपमा उभिन सकेको धारणा राखेका छन् ।
कार्यक्रममा सूर्यविनायक वडा ७ का अध्यक्ष एवम् नगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेतले मदरल्याण्ड स्कुलको गतिविधि एवं विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि गरेका फरक क्रियाकलापले विद्यार्थीहरुको भविष्य निर्माणमा टेवा पुर्याएको भन्दै खुशी व्यक्त गरेका छन् ।
विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयको प्रगति विवरण तथा आगामी कार्य योजना प्रस्तुत गर्दै शैक्षिकमा मात्र होइन हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क राख्दै विद्यालयमा प्रि–स्कुलमा पूर्ण रुपमा पाठ्यपुस्तक फ्रि गरिएको, स्कुल हेल्थ नर्स राखिएको, विद्यालयलाई प्रविधिसँग जोडिएको, सबै खेलमा विद्यार्थीको चाहना अनुसार सहभागी गराउने साथै बोल्ने र व्यक्तित्व विकासको लागि विभिन्न कार्यक्रमहरु राखिएको समेत सम्बोधनका क्रममा बताएका छन् । हरेक क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको र बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा नेशनल प्याव्सनका भक्तपुरका सल्लाहकार एवं ईप्सन अध्यक्ष जिबी खड्का, सल्लाहकार विक्रम ढुकुछु, नेपाल पत्रकार महासंघको बागमति प्रदेश कोषाध्यक्ष संजिव घिमिरे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापा, प्रसिद्ध उत्प्रेरक डा.रविन कटवाल, कल्पवृक्ष एडुकेशनकी डाइरेक्टर एवं मदरल्याण्ड स्कुलकी कन्सल्टेन्ट प्रतिक्षा गौतम लगायतले मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गरेकी छिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५५ जना विद्यार्थीहरुलाई सम्मान तथा शैक्षिक वर्ष २०८१ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १३ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालयकी संचालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाले प्रमुख अतिथि एवं अतिथि लगाएत पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नु भएको कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, समय सापेक्ष विविध प्रस्तुति, गीत तथा नाटकका साथै विद्यार्थीहरुले मार्सल आर्टका डेमो समेत प्रस्तुत गरेका थिए ।