काभ्रे । पाचौं मेयर कप अन्तर वडास्तरीय फुटबल प्रतियोगिता–२०८१ को उपाधी बनेपा नगरपालिकाको वडा नं. ६ ले पाएको छ । सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नं १४ लाई १–० गोलले हराउँदै वडा नं ६ विजयी भएको हो ।
प्रतियोगिताका विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५५ हजार रुपैया नगद, सिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । प्रतियोगिताका विजयीहरुलाई नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य र उपप्रमुख बिमला सापकोटाले प्रदान गरेका थिए । बनेपा वडा नम्बर ९ को संयोजनमा चैत्र ३ गतेदेखि मेयर कप सुरु भएको थियो । प्रतियोगितामा १४ वटै वडाका टिमहरुले भाग लिएका थिए ।