काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. २ शनिबार चट्याङ लागेर एकको घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकै बसिरेको अवस्थामा अचानक चट्याङले टाउकोमा लागि २५ वर्षीय मोहन प्रधान घाइते भएका हुन् । प्रधानको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।