काभ्रे । चैत्र ५ गते देशभर त्रिभुवन विश्वबिद्यालय सम्बन्धन क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदै छ ।
यसै बिच काभ्रेका १५ क्याम्पसहरुमा नेतृत्वको भागबण्डा मिलिसकेको छ भने काभ्रेको जेठो मानिएको क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा भने निर्वाचन हुने भएको छ ।
नेवि संघको नेतृत्व रहेको काभ्रे बहुमुखी क्याम्पसमा नेवि संघ र अनेरास्ववियु विच चुनावी प्रतिस्पर्धा हुने भएको छ । नेवि संघको तर्फबाट रोहिन पराजुलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । काभ्रे जेसिजको उपाध्यक्ष र लियो क्लब अफ काठमाडौँ टेम्पल चन्डेश्वोरीको अध्यक्ष समेत रही सकेका रोहिन काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थी माझ लोकप्रिय छन्।
बिहिबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनमा अनेरास्ववियुका केहि उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिएसँगै अनेरास्ववियुको तर्फबाट अध्यक्षका उम्मेदवारले क्याम्पसको निर्वाचन कार्यलयमा अराजक गतिविधि प्रस्तुत गरेका छन् । उनले निर्वाचन कार्यतालिका च्यातेका थिए । उनको यो अराजक गतिबिधिमा निर्वाचन समितिले ध्यानाकर्षण गराउँदै उम्मेदवारी खारेज हुन सक्ने चेतावनी स्ववियु निर्वाचन समितिले दिएको छ।