बेलर किड्स क्यासलको स्थापना दिवसमा हजुरबुबा-हजुरआमा सम्मान

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८१ फागुन २४, शनिबार (१ महिना अघि)
  • २३१ पटक पढिएको
बेलर किड्स क्यासलको स्थापना दिवसमा हजुरबुबा-हजुरआमा सम्मान

काभ्रे । बेलर इन्टरनेशनल मन्टेश्वरी किन्डरगार्टेन ‘किड्स क्यासल’ ले आफ्नो १४औं स्थापना दिवसको अवसरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका हजुरबुबा–हजुरआमालाई सम्मान गरेको छ ।
१४ औं स्थापना दिवसको अवसरमा आयोजित साँस्कृतिक प्रस्तुतीसहितको कार्यक्रममा ती विद्यार्थीका हजुरबुबा–हजुरआमालाई दोसल्ला तथा उपहारसहितले सम्मान गरिएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले विद्यालयले बालबालिकाको सर्वाङ्गिण विकासमा जोड दिएको बताए ।
प्रिन्सिपल सविना प्रजापतिले बालबालिकालाई व्यवहारिक सिप, नैतिक शिक्षा र सांस्कृतिक पक्षबारे जानकारी दिने उद्धेश्यले प्रत्येक बर्ष यस्ता कार्यक्रम आयोजना गरेको बताइन् ।


स्थापना दिवस कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले बालबालिकालाई अहिले नै संस्कार सिकाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदुकमार न्यौपानेले बेलरले संस्कारसहितको शिक्षा दिइरहेको तर्क राखे ।
कार्यक्रममा विद्यार्थी साइना रञ्जित लगायतले शिक्षा र संस्कारको लागि अभिभावकको महत्वबारे चर्चा गरे ।


बेलर इन्टरनेशनल स्कुल सञ्चालक समितिका अध्यक्ष भोला थापा, प्रबन्ध निर्देशक इन्दु थापा, किड्स क्यासलका प्रिन्सिपल सविना प्रजापति लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले गायन, नृत्य, संगित लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस