भुम्लुका महिला जनप्रतिनिधिलाई उद्घोषण कला तथा नेत्तृत्व विकास तालिम

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ४१३ पटक पढिएको
भुम्लुका महिला जनप्रतिनिधिलाई उद्घोषण कला तथा नेत्तृत्व विकास तालिम

काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाका महिला जनप्रतिनिधिलाई उद्घोषण कला तथा नेत्तृत्व विकास तालिम प्रदान गरिएको छ ।
भुम्लु गाउँपालिकाको आयोजनामा गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई उद्घोषण कला तथा नेत्तृत्व विकास सम्बन्धि ५ दिने तालिम प्रदान गरिएको हो ।
भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमलाई सम्बोधन गर्दै यस प्रकारको कार्यक्रमले महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए । महिला जनप्रतिनिधिहरुको लागि यस प्रकारको कार्यक्रमको आवश्यक भएकाले पालिकाले आयोजना गरेको बताउँदै नेत्तृत्व तहमा रहेका महिला जनप्रतिनिधिहरुको लागि उपलब्धिमूलक रहेको विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुराहरु व्यवहारमा पनि लागू गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्दशन भट्टराई, वडा नं ४ को वडा अध्यक्ष लोक बहादुर कुवँर, वडा नं ५ को वडा अध्यक्ष अञ्चल तामाङ, वडा नं ९ को दल बहादुर तामाङ, वडा नं १० को वडा अध्यक्ष केसरमान तामाङ, भुम्लु गाउँपालिकाको शिक्षा समिति सदस्य भोजराज उप्रेतीले मन्तव्य राखेका थिए।
पौषको २१ देखि २५ गतेसम्म सञ्चालन भएको तालिममा भुम्लु गाउँपालिकाको वडा नं १ देखि १० नं वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई उद्घोषण कला, नेत्तृत्व विकास, व्यक्तित्व विकास, सकारात्मक सोचको विकास, सार्वजनिक कार्यक्रमको रुप रेखा लगायतका विविध विषयमा प्रशिक्षक शोबिता रिसाल, ज्योती श्रेष्ठ र सचित खड्काले प्रशिक्षण गराएका थिए ।
तालिम संयोजक एवं गाउँपालिकाको कार्यपालिका सदस्य शान्ति ठकुरीको अध्यक्षतामा भएको समापन समापन समारोहमा तालिमको सहभागी कार्यपालिका सदस्य एवं वडा नं ८ सदस्य चमेली परियार, वडा नं ३ का सदस्य बिमला पराजुली र वडा नं १० का सदस्य विष्णु कुमारी ठकुरीले तालिममा आफूले सिकेको अनुभव व्यक्त गरेका थिए । त्यस्तै , वडा नं १ का सदस्य दान कुमारी महत (क्षेत्री)ले स्वागत मन्तव्य र वडा नं ५ का सदस्य रमिला बानियाँले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस