काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोकको छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः इन्द्रबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले थापामगरकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा दनुवार, सचिवमा सनम सुवाल, सहसचिवमा बिपशना शाक्य, कोषाध्यक्षमा दलबहादुर (डिबी) लामा, सदस्यहरूमा चेत बहादुर माझी, चन्द्र बहादुर लामा, सन्देश घले र अशोकबुद्ध लामा सर्वसम्मत चयन भएका छन् ।अधिवेशनको उद्घघाटनमा कृयाशिल फोनिजकर्मीको रुपमा पत्रकार मानकाजी सुवाललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित फोनिजका संघीय अध्यक्ष गजुरधन राईले सम्मान गरिएको कार्यक्रममा फोनिज काभ्रेले आफ्ना सदस्यको क्षमता अभिवृद्धि लगायतका कार्यमा सहयोग गरेको भन्दै रोशी गाउँपालिकालाई कदरपत्र प्रदान गरेको छ ।