पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्पको धक्का महसुस

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ पौष १३, शनिबार (४ महिना अघि)
  • २४३ पटक पढिएको
पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्पको धक्का महसुस

|Seismograph with paper in action and earthquake - 3D Rendering

काठमाडौँ । पुस महिना लागेपछि पश्चिम नेपालमा सात वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पश्चिम नेपालमा मात्रै भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्यूड, पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३, पुस ३ गते बझाङको धामेनामै ४.१ म्याग्निच्यूड, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसैगरी पुस ६ गते बाजुरामा ५.२ म्याग्निच्यूड, ९ गते राति ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४.० म्याग्नेच्युड, ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ ।
विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा थुप्रै परकम्प गएको विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस