पनौती नगरको १६औं नगर सभा सम्पन्न

  • अनलाइन काभ्रे
  • / अर्थनीति /
  • २०८१ पौष ११, बिहिबार (४ महिना अघि)
  • १३६ पटक पढिएको
पनौती नगरको १६औं नगर सभा सम्पन्न

काभ्रे । पनौती नगरपालिकाको १६औं नगर सभा नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा असोज १०–१२ को अविरल वर्षातका कारण भएको क्षति पछिको नगर सभाले ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/२०८२ मा प्रस्तुत गरिएको १ अर्ब ६० करोड रुपैयाको बजेटमा संशोधित सहित १ अर्ब १४ करोड कायम गरिएको छ । ४६ करोड बजेट योजना सहित कटौती गरिएको नगर प्रमुख भण्डारीले बताए । सभालाई सम्बोधन गर्दै प्रमुख भण्डारीले प्रस्तुत बजेट संशोधन सहित ३० करोड घाटा, ३७ करोड रुपैया अघिल्लो आर्थिक वर्षबाट मौज्दात हुने अपेक्षा गरिएको भए पनि ७ करोड मात्रै मौज्दात भएकाले ३० करोड रुपैया घाटा भएको भएको बताउँदै घाटा बजेटको संशोधन सहित ४६ करोड रुपैया कटौती गरी केहि योजना हटाईएको र केहि नयाँ विपत्तिका योजनाहरु थपिएको नगर प्रमुख भण्डारीले बताए ।

१६औं नगर सभामा आर्थिक ऐन २०८१ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्वन्धी प्रस्ताव उपप्रमुख गिता बञ्जाराले प्रस्तुत गरेकी थिईन् ।
विपत्ति पछि रोकिएका खानीहरु केहि अघोषित र नविकरण भएकाहरुलाई संचालनको अनुमति दिएसँगै नगरपालिकाले आन्तरिक रुपमा राजश्व उठाउन शुरु गरिएको छ । उक्त श्रोतबाट नगरपालिकाले चालु वर्षमा १७ करोड उठ्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस